मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

धनकुटामा व्यवसायसम्बन्धी सबै काम अब वडा कार्यालयबाटै

Ujyalosandeshonline 11013+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

धनकुटा । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।

यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । 

अब व्यवसायसँग सम्बन्धित सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । 

‘व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौं, व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’ 

व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो । नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ । 

धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार