मुख्य समाचार
तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान |

भारतीय कलाकारको टोली मुस्ताङमा

रासस 541+ समाचार ( )
१८ माघ २०८२, शनिबार

मुस्ताङ । ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली आज बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ । नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ आइपुगेको हो ।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिनुभयो । उहाँका अनुसार आसामको बिहु फोक नृत्य यहाँ देखाउने गरी कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चार जनाको सहभागिता थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिनुभयो ।

आसामबाट यहाँ आएका कल्चर सेन्टरका टोलीले घरपझोङ गाउँपालिका–२ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुई वटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार