मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

महगी बढे अनुसार सरकारले कर्मचारीको तलब भत्ता उपलब्ध गराउनुपर्छ : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ माघ २०८१, सोमबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले महगी बढे अनुसार सरकारले कर्मचारीहरुको तलब भत्ता बढाउनुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने बताएका हुन् । 

उनले सरकारी कर्मचारीले अहिले पाउने तलबले आफ्नो छोराछोरीको पढाई, घरपरिवारको स्वास्थ्य, खाना, लत्ता कपडा लगायतको खर्च धान्न नसक्ने रहेका कारण भ्रष्टाचार बढ्दै गएको बताए । कर्मचारीलाई खान लाउन र घरपरिवार चलाउन धौ धौ हुँदा भ्रष्टाचार गर्ने बाटो अपाउनु परेहको मुख्यमन्त्री सिंहले जनाए।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । उनले परिवारबाद, कृपावाद र चाकरी प्रथाले योग्य कर्मचारीको ठाउँमा भ्रष्ट कर्मचारीहरुले कार्यालय कब्जा गरेको भन्दै सरकारले गम्भीर भएर यस्ता समस्याको समाधान कानुन बनाएर समाधान गर्नुपर्ने धारणा राखे । सभामुख मण्डलले भ्रष्टाचारको जर परिवारमुखी शिक्षा रहेको उल्लेख गरे । उनेल परिवारका अभिभावकको दबाबमा शिक्षा आर्जन गर्नुको साटो राष्ट्रमुखी शिक्षाको धारणा लिएर अघि बढ्न सुझाव दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार