मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

घाइतेहरुको उपचारमा कमी हुनेछैन् : गृहमन्त्री

Ujyalosandeshonline 11002+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् ।

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् ।

सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भएपनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए ।

उनले भने, ‘सडक दुर्घटनाहरु धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रुपमा आउनु भएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहेनतका साथ उद्धार गरेर केही मानिसलाई बचाउन सफल हुनु भएको छ ।’

यस्तै, उनले घाइतेहरुको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए ।  

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार