भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल, जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भव्य रूपमा 'होली मिलन समारोह' सम्पन्न भएको छ । समाजमा आपसी भाइचारा, प्रेम र सद्भावको सन्देश प्रवाह गर्ने र खुसी साटासाट गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको सभापतित्व तथा प्रथम उपाध्यक्ष अशोक कुमार साहको संयोजकत्वमा सम्पन्न उक्त समारोहमा भैरव प्रसाद कलवार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष, प्रतिनिधिहरू र विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
समारोहमा नेपाल वैश्य युवा संघ रुपन्देहीको तर्फबाट पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा युवा संघका वरिष्ठ उपाध्यक्ष गणेश गुप्ता, उपाध्यक्ष मनोज अग्रहरि, सचिव विष्णु रौनियार, कोषाध्यक्ष दुर्गा प्रसाद गुप्ता र सह-कोषाध्यक्ष राजु जैसवाललगायतको उपस्थिति थियो । त्यसैगरी, सहभागीहरू पूर्णिमा रौनियार, रमेश चौरसिया, किरन गुप्ता, रूबी रौनियार, मंजू जैसवाल, उषा जैसवाल, मीना शाहलगायतले एकआपसमा रङ दलेर र शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ होली मनाएका थिए ।
महासंघका कार्यसमिति पदाधिकारी, सदस्य, मनोनित सदस्य, सल्लाहकार एवं आमन्त्रित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न समारोह निकै सौहार्दपूर्ण रहेको थियो । सहभागीहरूले कार्यक्रमको उत्कृष्ट आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरेका थिए भने आगामी दिनमा पनि समाजलाई जोड्ने यस्ता सद्भावपूर्ण कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।