मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

उच्च शिक्षाका लागि आउजाउ गर्न छात्राहरूलाई साइकल

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ पौष २०८०, शनिबार

विराटनगर । पढाइमा अब्बल रहेका छात्राहरुलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक बिद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो ।

उच्चशिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।

 कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो । एसईइपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरु खुसी भएका थिए । 

एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरुले बताए ।

टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरुलाई कठिनाइ हुने गरेको थियो ।

वडा कार्यालयले छात्राहरुको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ ।

आगामी दिनमा पनि उनीहरुको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार