मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

त्रिविको उपकुलपतिका लागि आवेदन माग

Ujyalosandeshonline 11009+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो ।

राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन मागेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठन सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० का आधारमा उम्मेदवार छनोट तथा सिफारिस गर्नेछ ।

समितिले आवेदन दिने उम्मेदवारहरूबाट तीन हजार शब्दको विश्वविद्यालय सम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यवसायिक कार्ययोजनासमेत माग गरेको छ । तत्कालिन उपकुलपतिको कार्यकाल सकिएपछि गएको १७ कात्तिकदेखि त्रिभुवन विश्वविद्यालय निमित्तको भरमा सञ्चालित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार