मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

हल गोरु–राँगापालन तथा संरक्षणका लागि प्रोत्साहन कार्यक्रम

रासस 461+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

कञ्चनपुर । हल गोरु तथा राँगापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्दै हल गोरुराँगा संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ग्रामीण भेगका किसानलाई लक्षित गरेर प्रोत्साहन कार्यक्रम अघि सारिएको हो ।

उक्त कार्यक्रमका लागि रु १२ लाख ५० हजार बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहबाट २५० जना किसान छनोट गरी प्रत्येकलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिने केन्द्रका अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो ।

वडा कार्यालयको सिफारिस प्राप्त किसानलाई सहभागिता गराइने जनाउँदै उहाँले थीघ्र किसानको घरदैलोमा पुगेर अनुगमन गर्न सुरु गर्ने बताउनुभयो । उहाँका अनुसार आधुनिक मेसिनरीको प्रयोग बढेसँगै हल गोरु तथा राँगापालनको परम्परा हराउँदै गएको छ । तराईका ग्रामीण भेगमा कृषकका लागि सहज, किफायती र वातावरणमैत्री मानिने हल गोरुको उपयोगिता घट्दै गएपछि त्यसलाई जोगाउन कार्यक्रम सञ्चालन गरिएको भट्टले बताउनुभयो ।

“कच्ची बाटो र टुक्रा–टुक्रा जमिनमा ट्रयाक्टर, मिनी–टिलरलगायत यान्त्रिक उपकरण सधैँ सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “त्यस्तो ठाउँमा वर्षौंदेखि हल गोरु भरपर्दो माध्यम रहँदै आएको थियो । कृषि उपज बोक्न हलगोरु र राँगाकै प्रयोग तराई क्षेत्रमा हुँदै आएको छ । गोरुराँगाको गोबर खेतमा प्राकृतिक मलका रूपमा प्रयोग गर्नाले माटोको उर्बरा शक्ति बढछ, त्यसले यसलाई प्रोत्साहन गर्न आवश्यक ठानेर कार्यक्रम सञ्चालन गरिएको छ ।”

जिल्लाका थोरै किसानले मात्रै अहिले गोरु र राँगापालन गरेका जनाउँदै केन्द्रका पशु विकास निर्देशक श्यामसिंह खड्काले आधुनिक उपकरणको आकर्षण र खर्चका कारण क्रमशः यो परम्परा हराउँदै गएको उल्लेख गर्नुभयो । हल गोरु र राँगापालन गर्ने परम्परा जोगाउनका लागि कार्यक्रमले सघाउ पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

“अनुगमन गरी दुर्गम क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर नियमअनुसार रकम उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो । हाल कार्यक्रमका लागि प्राप्त आवेदनको सङ्कलन भइरहेको केन्द्रले जनाएको छ । किसानलाई सहज बनाउन फार्म दर्ताको कागजात आवश्यक नपर्ने व्यवस्था मिलाइएको छ निर्देशक खड्काले जानकारी दिनुभयो । “केवल हल, गोरु वा राँगापालन गरिरहेको प्रमाणित गर्न सक्ने वडा कार्यालयले प्रमाणित गरेको कागजपत्र, नेपाली नागरिकताको प्रतिलिपिलगायत आधार भए पुग्छ”, उहाँले भन्नुभयो, “यसले वास्तविक किसानलाई राहत पुग्ने छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार