मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्थानीय आन्दोलित भएपछि मन्थली-चिसापानी सडक निर्माण सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

रामेछाप । सदरमुकाम मन्थलीदेखि चिसपानीसम्मको सडक कालोपत्रे गर्ने जिम्मा लिएको रामेछापका प्रतिनिधि सभा सदस्य पूणर्बहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले निर्धारित समयमा काम नगरेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेपछि सडक निर्माणको काम अघि बढेको छ । 

डेढवर्ष भित्र काम सक्ने गरी तीन वर्षअघि नै ठेक्का लगाइएको सो सडकको काम पटक पटक म्याद थप गरेर पूरा नगरेपछि स्थानीयले प्रकाश श्रेष्ठको संयोजकत्वमा दबाब तथा संघर्ष समिति बनाएका थिए । कूल सात किलोमिटरमध्ये गतसाल दुई किलोमिटर सडक पिच गरेर निर्माण कम्पनीले काम त्यतिकै छाडिदिएको थियो । 

सडक अलपत्र छाडेर छाडेको कारण धुलो उडेर घर भित्र समेत बस्न नसक्ने अवस्था बनेपछि स्थानीय संघर्षमा उत्रिएका थिए । जिम्मेवार व्यक्तिकै निर्माण कम्पनीले नागरिक स्वास्थ्यमा खेलबाड गर्ने गरी काम अलपत्र पारेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीको खोजी गरी काममा लगाइदिन आग्रह गर्दै काम सुरु नभए संघर्षमा जाने घोषणा गरेका थिए । 

सो सडकको लागि वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७६/०७७ मा टेण्डर आह्वान गरिएको थियो । तामाङको एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले २०७७ असार २७ गते  भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रुपैँमामा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माणको ८० प्रतिशत काम पूरा भएको भन्दै १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ । 

रोकिएको सडक निर्माणको काम सुरु गर्ने पटक पटक लिखित सहमति भएको भए पनि काम अघि बढेको थिएन । संघर्ष समितिले काठमाडौं स्थित तामाङकै घरमा गएर पनि ज्ञापनपत्र बुझाएको थियो । स्थानीयले संघर्ष समिति बनाएर पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीको विरुद्ध सडकमा आन्दोलन गर्ने चेतावनी दिएपछि सडकमा बेस राख्ने काम सुरु भएको छ ।  चैत महिना भरीमा सडकको काम सक्ने निर्माण कम्पनिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार