मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

दाङमा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा युवा संघको प्रदर्शन

अनिल नेपाली 141+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

अर्घाखाँची । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा तथा चुनाव चिन्ह जलाइएको घटनाको विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीले कडा विरोध प्रदर्शन गरेको छ। लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारविपरीतको कार्य भएको भन्दै युवा संघले जिल्लामा विरोध जुलुससहित कोण सभाको आयोजना गरेको हो।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गठन भएको नेकपा एमाले अर्घाखाँची जिल्ला युवा परिचालन कमिटीको अगुवाइमा उक्त विरोध र्‍याली निकालिएको थियो। नगरका विभिन्न भागको परिक्रमापछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा परिचालन कमिटीका संयोजक तोजबहादुर रायमाझी (विधान) ले तुलसीपुर घटनाको कडा शब्दमा भर्त्सना गरेका थिए।

सभालाई सम्बोधन गर्ने क्रममा संयोजक रायमाझीले सार्वजनिक रूपमा अर्को राजनीतिक दलको चुनाव चिन्ह र झन्डामा आगजनी गर्नु अलोकतान्त्रिक र राजनीतिक संस्कृतिविपरीतको निन्दनीय कार्य भएको बताए। नेकपा एमालेको चुनाव चिन्हप्रतिको जनभावनालाई प्रस्ट पार्दै उनले भने, "सूर्य केवल कागजमा छापिएको एउटा सामान्य चिन्ह मात्र होइन, यो त आम नेपाली जनताको गहिरो विश्वास, भरोसा र आस्थाको केन्द्र हो।"

उनले यस्ता उच्छृङ्खल र अराजक गतिविधिले स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै राजनीतिक दल र तिनका कार्यकर्ताहरूलाई संयमता र लोकतान्त्रिक मूल्य–मान्यताको परिधिभित्र रहन चेतावनीसमेत दिएका छन्। विरोध कार्यक्रममा राष्ट्रिय युवा संघका नेता, कार्यकर्ता तथा एमाले समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार