मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग

Ujyalosandeshonline 12441+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

भैरहवा। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले उदासीनता देखाएको भन्दै प्रतिनिधि सभामा गम्भीर आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पूनम कुमारी अग्रवालले विमानस्थल सञ्चालन नहुँदा निजी तथा सरकारी क्षेत्रको अर्बौँ लगानी जोखिममा परेको बताउनुभयो ।   

सदनमा बोल्दै सांसद अग्रवालले विमानस्थल निर्माणका लागि सरकारी र निजी क्षेत्रबाट ठूलो लगानी भइसकेको उल्लेख गर्दै लगानीकर्ताहरू बैंकको ब्याजको मारमा परेका र गम्भीर मानसिक तनाव भोग्न बाध्य भएको बताउनुभयो । ठूलो लगानी भए पनि विमानस्थल अझैसम्म सुनसान रहनु दुःखी विषय भएको उहाँको भनाइ थियो ।

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयप्रति लक्षित गर्दै विमानस्थल सञ्चालनका लागि हालसम्म कस्ता ठोस कदम चालिए, कति उडानहरू गराउन सफलता मिल्यो र लगानीकर्ताको लगानी सुरक्षित गर्न के–कस्ता कार्यहरू भए भन्नेबारे स्पष्ट पार्न माग गर्नुभयो । सांसद अग्रवालले अब थप ढिलाइ नगरी सम्बन्धित मन्त्रालयले स्पष्ट कार्यतालिका निर्माण गरेर लगानीकर्ताहरूलाई आफ्नो लगानीप्रति आश्वस्त पार्नुपर्नेमा जोड दिनुभयो।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार