मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको छः गृहमन्त्री

Ujyalosandeshonline 12441+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गरेका हुन् ।

उनले १८ वर्षदेखि निश्कर्षविहिन रहेको संक्रमणकालिन न्याय सम्बन्धि विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिदा निश्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।

सत्ता पक्ष र प्रतिपक्ष दुबै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै संगै मिलेर काम गर्नुपर्नेमा समेत उनले जोड दिए ।

गृहमन्त्री लेखकले, राजनितिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु अब दुई ठूला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार