भैरहवा । "७० औं प्रहरी दिवस २०८२" को पावन अवसरमा आज जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं.५ स्थित कारणीमाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र प्रहरी कर्मचारीहरू सहित करिब ३० जनाको सहभागितामा भएको यस कार्यक्रमले मन्दिर परिसरको सरसफाई गरी धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।