मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

Ujyalosandeshonline 12461+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

सुर्खेत । वीरेन्द्रनगरमा सामुदायिक  कुकुरबाट रेविजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण थालिएको छ । सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र रेविज रोगको जोखिम बढ्न सक्ने भएकोको कुकुरको संख्या नियन्त्रण गर्न कुकुरको बन्ध्याकरण गरिएको हो ।

नगरमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने जोखिमसमेत भएकाले तिनलाई स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षि विकास शाखा प्रमुख यज्ञ पाण्डेले जानकारी दिए ।

जथाभावी सामुदायिक छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिम प्राप्त पशुविज्ञ को टोली र नगरपालिकाका कर्मचारीको सहयोगमा सुरक्षित क्षेत्रमा लिएर कुकुरलाई समातेर बन्ध्याकरण गर्ने र रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको उनले बताए । तीन दिनसम्म सञ्चालन हुने शिविरमा शनिवारसम्म दुई सय कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएको छ । बन्ध्याकरण गरिएको ९० प्रतिशत कुकुर सामुदायिक हुन् ।

एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्ने गरेको पाण्डे बताउँछन् । ‘नगरपालिकाले विगत चार वर्षदेखि रेविज रोग नियन्त्रण र सामुदायिक कुकुर व्यवस्थापन गर्न विभिन्न कार्यक्रम गरिरहेको छ,’पाण्डे भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म रेविज रोग शुन्यमा झार्ने लक्ष्य अनुसार हामीले पनि नगर क्षेत्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई छोपेर शिविरमा ल्याएर बन्ध्याकरण गरिरहेका छौं ।’

बन्ध्याकरण गरिएको कुकुरहरुको घाउमा संक्रमण फैलिन नदिन औषधी खुवाएपछि पुनः जुन ठाउँ वा क्षेत्रबाट ल्याएको त्यहीँ छाड्ने गरिएको छ । नगरपालिकाको पशुपंक्षि विकास शाखाले आयोजना गरेको शिविरमा एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सकहरु सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार