मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु

Ujyalosandeshonline 11009+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शनिवारदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले उद्घाटन गरेका छन् । 

सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुदको नाउँमा मानवतस्करी गर्नेहरुको विवरण संकलन गरी रहेको र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताए । सोही अवसरमा मन्त्री श्रेष्ठले नेपाल भलिबल संघको आजिवन सदस्यता पनि लिएका थिए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन शनिबार महिलातर्फ एक र पुरुषतर्फ तीन वटा खेल सम्पन्न भएका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबर कोशी प्रदेशले विजयी सुरुआत गर्दा महिलातर्फ एभरेष्ट भलिबल क्लबले जित निकालेको छ ।  

पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो । नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित तीन जना भारतीय खेलाडी समावेश गरेको एभरेष्टले कर्णालीमाथि २५–१२, २५–७ र २५–११ को सहज जित दर्ता गरेको हो ।  

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–९,२५–१३ र २५–१३ गरि ३–० को सेटमा हराउँदै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । यसैगरी, कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २३–२५ ले गुमाएको कोशीले त्यसपछिका तीन सेट लगातार जित्दै सुखद् सुरुआत गरेको हो । कोशीले २५–२०,२५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी शनिबारको अन्तिम खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जसमा आर्मीले २९–२७ ले जितेको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट भने क्रमश २५–१९, २५– १७ ले बाजी मारेको थियो । 

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन् ।

पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

प्रतियोगिताको  महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन् ।

यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०–४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार