मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धार्थनगरमा गौशाला र दाहसंस्कार घाटको निर्माण सुरु

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको छ । नगरपालिको वडा नं. ११ पिपरहिया स्थित गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको हो ।

गौशाला र शव दाहसंस्कार घाटका लागि आवश्यक पूर्वाधार पर्खाल निर्माणको सोमबार नगर प्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले नगरमा छाडा चौपाया (गाईगोरु)का कारण देखिएको समस्या अस्थाई रुपमा समाधान गर्दै लगिएपनि दिर्घकालिन समाधान र व्यवस्थापनका लागि गौशालाको निर्माण कार्य सुरु गरिएको बताए ।

करिब ३८ करोड लागत अनुमानमा चार विघा क्षेत्रफलमा योजनाको सुरुवात भएको उनले जानकारी दिए । उनका अनुसार उक्त गौशाला र सम्सानघाट निर्माणको योजना अन्र्तगत हरियाली, छठ घाट, पार्किङ्ग, फाउन्टेन, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु निर्माण हुनेछन् ।

उनले पर्यटकहरुलाई आर्कषित गर्नका लागि सोही अनुरुप संरचनाहरु बनाईने बताए । नगरको विकासमा सुरु भएको योजनाले टेवा पुर्याउने उनको भनाई छ ।

सिद्धार्थनगर वडा नं. ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले योजनाले वडाको विकासमा टेवा पुर्याउने भन्दै वडाको मुहार फेरिनेमा आफु विश्वस्त रहेको बताए । उनले विमानस्थल छेउको सडकलाई योजना संचालित स्थानसम्म जोड्ने योजना पनि रहेको बताए ।

नगरपलिकाको वडा नं. ११ का वडाअध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता र योजना शाखाका अधिकृत योगराज पन्थीको संचालनमा सम्पन्न भएको कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का नारायण प्रसाद उपाध्याय, ४ का मुक्तिनाथ यादव, ५ का पुरनप्रसाद श्रेष्ठ, ६ का विरेन्द्र श्रीवास्तव, ७ का दामोदर शर्मा घिमिरे, आर्थिक प्रशासन अधिकृत ओमश कुमार गैरे, योजना प्रमुख साकार श्रेष्ठ, नगरपालिकाका इन्जिनियर, स्थानीयवासीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार