मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

महिला स्वास्थ्य स्वयंसेविकालाई तिलोत्तमामा प्रोत्साहन सामग्री प्रदान

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजनामा २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरुको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् । स्वयंसेविकाको रुपमा जीवनको लामो समय अर्पण गरेका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै सम्बन्धित निकायले प्रोत्साहन स्वरुप सेवासुविधा उपलब्ध गराउनुपर्ने उनले बताइन् ।

स्वयंसेविकालाई सरकारले उचित सेवासुविधा दिनुपर्ने भन्दै उनले यस प्रकारको प्रोत्साहनले अन्य महिलाहरुलाई पनि यस क्षेत्रमा आबद्ध हुन प्रेरणा मिल्ने बताईन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाकाले नीति तथा कार्यक्रममै स्वास्थ्य स्वयंसेविकाका लागि विभिन्न कार्यक्रम समेटेर अगाडि बढेको बताए ।

स्वयंसेविकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै पालिकाले बजेट विनियोजन गरेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराएको उनले जानकारी दिए । 

दिवसको अवसरमा पालिकाले स्वास्थ्य स्वयंसेविकालाई महिला स्वास्थ्य स्वयंसेविका बोर्ड, झोला, तौल लिने मेसिन, प्लाष्टिकका बास्केट र डिजिटल थर्मोमटिर लगायत सामग्री वितरण गरेको जनस्वास्थ्य निरीक्षक केशवराज भट्टराईले जनाए । उनकाअनुसार स्वास्थ्य शाखाले स्वास्थ्य स्वयंसेविकाको माग बमोजिम विभिन्न समयमा यस्ता सामग्री प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार