मुख्य समाचार
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी |

प्रत्यायन केन्द्रको स्थापना चाँडै

Ujyalosandeshonline 11477+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रत्यायन केन्द्रको स्थापनामा मन्त्रालय गम्भीर भएर अगाडि बढेको बताएका छन् ।  

विहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बसेको बैठकमा उनले देशभित्र रोजगारी उत्पादन र उद्योग व्यवसाय प्रवद्र्धनको लागि यस्तो किसिमको संस्थाहरु आवश्यक भएको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई उत्पादनशिल बनाउनको लागि, रोजगारी देशभित्र उत्पादन गर्नको लागि उद्योग व्यवसाय प्रवद्र्धन गर्नको लागि, देशको स्तर माथि लैजानको लागि पनि यस्तो किसिमको निकाय संस्थाहरु चाहिने हो यसलाई मन्त्रालयले गम्भीर रुपमा अगाडि बढाउछौ ।’ 

उनले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने पनि विश्वास व्यक्त गरेका छन् । 

उनले भने, ‘यसलाई अगाडि बढाउनको लागि वास्तवमा अर्थ मन्त्रालयबाट बजेटको क्रममा हामीले प्रस्ताव पनि गरेका छौ । केही महिनाभित्रमा यसलाई संचालनमा लान सक्छौ जस्तो लाग्छ ।’ 

यस्तै, समितिका सभापति अब्दुल खानले प्रत्यायन केन्द्रको स्थापना कार्यलाई यही आर्थिक वर्षभित्र प्रारम्भ गर्न सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई निर्देशन दिने प्रस्ताव र निर्णय गरेका बताएका छन् । 

उनले भने, ‘प्रत्यायन ऐन, २०७९ अनुसार प्रत्यायन केन्द्रको स्थापना कार्यलाई गति दिन आवश्यक नियमावली, कार्यविधि, निर्देशिका तथा अन्य मापदण्ड यथाशिघ्र तर्जुमा गरि स्थापनाको कार्य यही आर्थिक वर्षभित्र प्रारम्भ गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई निर्देशन दिने प्रस्ताव र निर्णय गरेका छौ ।’ 

प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको काम कारबाहीका बारेमा छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार