मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहाना प्रधान स्मृति यु–१९ भलिबलको तयारी

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताका लागि प्रतिष्ठान र भलिबल संघबीच बुधबार सम्झौता भएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने छ भने प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्ने छ ।

प्रतियोगितामा पुरुष÷महिलामा सात प्रदेशबाट समान ७–७ टिम सहभागी हुने छन् । त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए । पुरुष÷महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधार खेल खेलाइने छ ।

पुरुष÷महिला दुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २५÷२५ हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागत उत्कृष्टले समान १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

अध्यक्ष चन्दले कुनैपनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महत्वपूर्ण हुने बताउदै प्रतिष्ठानको सहयोगका लागि आभार प्रकट गरे । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्ने बताउदै प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानकी अध्यक्ष झाक्रीले उमेरसमूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाद दिदै नेपाली राजनीतिकी अग्रज स्व. सहानाको योगदानको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार