मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सेवामा लापरवाही गर्नेलाई कारबाही गरिने, जलेश्वर अस्पतालका चार स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

Ujyalosandeshonline 12441+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

जनकपुरधाम । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो । मुख्यमन्त्री सतिश कुमार सिंहलाई महोतरी स्थित विभिन्न संघ सस्थाका प्रतिनिधी र सरोकारवाला हरुले प्रादेशिक अस्पताल जलेश्वरमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्योहोरा दर्शाउँदै मंगलवार  ज्ञापन पत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानवीन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

स्पष्टीकरण सोधिएकाहरुमाथी सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको,  आचारसंहिता पालना नगरेको तथा कार्य सम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । पत्रमा भनिएको छ, “३ दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउनेछ ।”

प्रदेश निजामति सेवा ऐनको दफा ८६ को उपदफा १ को खण्ड घ अनुसार कर्मचारीले आचरण सम्बन्धी कुरा पालना नगरेमा वा उल्लघन गरेमा र खण्ड च अनुसार सेवा प्रवाहमा जानाजान लापरवाही वा ढिलासुस्तीका कारण सेवाग्राही लाई हानी नोक्सानी पुग्न गएको व्योहोरा प्रारम्भिक सोधपुछ र स्थलगत अनुगमनवाट देखिएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवाप्रवाहमा लापरवाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए । पद अनुसार कार्यक्षमता नदेखाउने, सेवा प्रवाहमा लापरवाही गर्ने प्रदेश सरकार मातहतका कुनैपनि निकायमा कार्यरत कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार