मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा हुनुपर्छ : मन्त्री राई

Ujyalosandeshonline 11086+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले अब मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा माग्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित तिलिङ्गाटार माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैं उनले यस्तो बताएका हुन् ।

सुधार गर्नुपर्ने कुराहरुमा ऐन, कानुन संशोधन गर्ने, कार्यशैलीमा सुधार ल्याउने साथै मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने उनले बताए । त्यसो गर्न  नसके हात उठाएर बिदा माग्नुपर्ने उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले एक वर्ष कार्यकाल पछि दिएको मन्तव्यमा सुधारको कुरा गर्नुभएको छ । हामीले के कुरामा सुधार गर्नुपर्छ भनेर ध्यान दिन जरुरी छ । सुधार गर्नुपर्ने कुराहरु हामीले ठम्याइसक्यौं । त्यसम्बन्धी लिखित रुपमा पनि तयार हुँदैछ । ऐनकानुन संशोधन गरेर हुन्छ कि कार्यशैलीलाई संशोधन गरेर हुन्छ हामी मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्न सकेनौं भने हात उठाएर बिदा माग्न तयार हुनुपर्छ ।’

उनले अहिले विद्यालय शिक्षा विधेयक संसदीय समितिमा दफावार छmफलमा रहेको भन्दै पहिले कहिल्यै नआएको र भविष्यमा पनि नआउने खाले विधेयक निर्माण हुने दाबी गरे । 

उनले भने, ‘विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ । शिक्षा स्वास्थ्य तथा तथा सञ्चार समितिमा दफावार छलफलमा आएको छ । १५२ जनाले संशोधन प्रस्तुत गर्नुभएको छ । मलाई लाग्छ यो विधेयक न पहिले कहिले आएको थियो न भविष्यमा आउला ।’

शिक्षामा लगानी न्यूनतमभन्दा पनि न्यून रहेकाले सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेका उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार