मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सबै नागरिकलाई साक्षर बनाउने अभियानमा लाग्न प्रचण्डको आब्हान

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । सप्तरीको खडक नगरपालिकाले आजदेखि सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५  सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधा समेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए ।

खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने उनले बताए । 

जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने  अभियानलाई तीब्र बनाउनुपर्ने बताए । 

संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निशुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उनले स्पष्ट गरे । उनले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी पनि दिए । 

कार्यक्रममा पूर्वउप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठत उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयताको अभ्यासपछि प्रदेश र स्थानीय तहको काँधमा महत्त्वपूर्ण दायित्व आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पूर्ण ध्यान लगाउनुपर्ने बताए ।

माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि   महत्त्वपूर्ण पाइला चाल्न सुरु गरेको बेला सरकार परिवर्तन गरिएको उल्लेख गर्दै उनले यसलाई पार्टीले प्राथमिकताका साथ अघि बढाउने पनि बताए । 

खडक नगरपालिकाको अभियान, समाजवादउन्मुख आधार निर्माण अभियान भन्ने नाराका साथ थालिएको अभियान युवा स्वयंसेवक परिचालन गरेर केही महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार