मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

‘प्रत्येक नेपाली नागरिकताबाट वञ्चित हुनुहुँदैन र गैरनेपालीले नागरिकता पाउनुहुँदैन : प्रजिअ अर्याल

Ujyalosandeshonline 12442+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

हृदयराम गुप्ता

मर्चवार । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा मर्चवारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका अध्यक्ष र लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडा सचिवहरुलाई विभिन्न सेवाको नियम कानुन तथा प्रकृयाबारे अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको बारेमा समस्या जिल्ला प्रशासनमा आउने गरेकोले कानूनले दिएको आधारमा काम हुने बताए । उनले भने ‘हरेक नेपालीले नागरिकताबाट वञ्चित हुनु हुदैन र गैर नेपालीले नागरिकता पाउनु हुदैन । 

नागरिकता लिएर नेपाली बन्ने होइन नेपाली बनेर नागरिकता लिनु पर्दछ ।’ नागरिकताको विषयलाई लिएर सानो तिनो समस्या लिएर वडाबाट जिल्ला प्रशासन कार्यालय धाउन भन्दा कानुनी प्रकृयाबारे प्रस्ट भई सेवाग्राहीहरुलाई नियमित सेवा दिन उनले आग्रह गरेका थिए । नागरिकता लिन आउने कतिपयले नेपाली बोल्न नजान्ने, आफ्नो क्षेत्रकाटे टोलहरुको नाम, जनप्रनिधिको नाम समेत बताउन नसक्ने देखिएपछि प्रहरीद्वारा सर्जमिन खटाउनुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

सर्जमिन गर्नु दुख दिनु होइन ब्यक्ति र कागजी प्रकृयाबारे प्रष्ट हुनु हो प्रमुख जिल्ला अधिकारी अर्यालले भने । वडाले सिफारिसकै आधारमा नेपाली ब्यक्तिले नागरिक हुने नहुने भएकोले वास्तविक नेपालीलाई नागरिकता लिन सिफारिसमा कुनै किसिमको आनाकानी नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई ३ का वडाध्यक्ष अदहम अलि देवान, मर्चवारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण कुमार सिंह, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी लगायतका बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै