भैरहवा । नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नपाली कांग्रेस र नेकपा एमाले बिच भएको गठबन्धनको सरकारलाई एकतावद्ध भई अगाडी बढाउन आवश्यक रहेको बताएका छन् । केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना सोमबार देखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन् ।
उनले ६–६ महिनामा भएको सरकार परिवर्तन भईरहेको अवश्थामा अहिले २ पार्टीको बहुमतको सरकारले आशा जगाएको हुदा यसलाई एकतावद्ध भई सहयोग गर्नुपर्ने बताएका हुन्हो। “अहिले एमालेको अगुवाईमा सरकार रहे पनि भोली कांग्रेसको अगुवाईमा सरकार बन्दा उहाँहरुले सहयोग गर्नुहुन्छ ।” देउवाले भने
केपी शर्मा ओली र आफु बिच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाईको सरकार बने पनि पूर्ण रुपमा बहुमत नपुगेको बताए । त्यसकारण पनि गठबन्धनको सरकारलाई सबैले एकतावद्ध रुपमा सहयोग गर्नुपर्ने उनले आवश्यकता औल्याए ।
उनले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको बताउदै प्रजातन्त्रमा प्रतिष्पर्धी पार्टी पनि आवश्यक रहेको जिकिर गरे ।
उनले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरुलाई आपसमा छलफल बाट पार्टीलाई जिवन्त पार्टीको रुपमा अगाडी बढाउनुपर्ने बताए । उनले यो प्रशिक्षण कार्यक्रमले पार्टीभित्र रहेको त्यस्ता मतभेदलाई समाधान गर्ने कार्य पनि गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकोले कार्यक्रमबाट आगामी दिनमा नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यो प्रशिक्षण कार्यक्रमले पार्टीका सदस्यहरुलाई एकतावद्ध भई अगाडी बढ्न सहयोग गर्ने बताए । नेपाली कांग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रिय सभापति सोही संख्यामा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरु तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्र्तगतका क्षेत्रिय सभापति ७० जना गरि जम्मा ३३० जनाको सहभागीता रहेको नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खडकाले जानकारी दिए ।
संयोजक खडकाले कार्यक्रममा पार्टी संग जोडिएका बिषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, २०४६ साल पछि नेपाली कांग्रेस सरकारमा हुदा गरेका नितिगत सुधारका कामहरु, मुलुकको संविधान, संघियताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको अभियान, पार्टी संगठनसंग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुदै निर्वाचन क्षेत्रहरुसंग जोडिएका अन्तर सम्वन्धका विषयहरुको बारे प्रस्तुती रहने बताए । यस्तै समसामायीक विषय वस्तुहरुसंग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुती करण गरि छलफल गरिने छ ।
दोश्रो दिन ७ वटा समूह विभाजन गरि सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल गरि सुझाव प्राप्त गरिनेछ । अर्को सत्रमा सरकारसंग जोडिएका विषयहरुमा छलफल गरि सुझाव संकलन गरिने कार्यक्रम रहेको खडकाले जानकारी दिए । यसमा सरकारमा सहभागी २ जना मन्त्रीहरुले जानकारी दिने कार्यक्रम तय भएको उनको भनाई छ । यसका लागि परराष्टमन्त्री आरजु राण देउवा र गृहमन्त्री रमेश लेखक पनि भैरहवा आइपुगेका छन् ।
केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिले व्यवस्थापन गरिरहेको छ ।