मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कालीगण्डकी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ : गृहमन्त्री

Ujyalosandeshonline 11005+ समाचार ( )
३ पौष २०८१, बुधवार

पाल्पा । गृहमन्त्री रमेश लेखकले काली गण्डकी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको बताएका छन् । बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको  बताए । 

भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनु पर्नेमा गृहमन्त्रीको जोड थियोे । उनले भने,‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो । ’

प्रधानमन्त्री केपी शर्माले सहज रूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिनुभएको उनको भनाइ छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्री लेखकले बताए । ‘जतिसुकै ठूलो मान्छे भएपनि अनुसन्धान हुन्छ । सबै माथि अनुसन्धान  हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ’

उनले राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्मा विश्वास बढेको संक्रमण कालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागि परेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार