मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् । टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य आधारभूत मानवअधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् ।

व्यक्ति, परिवार र समग्र समुदायको विकासका निम्ति शिक्षा र स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘शिक्षार स्वास्थ्यदुवै क्षेत्रमा गुणस्तर कायम गर्दै क्षमता बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्छ । नयाँ शैक्षिक संस्थाहरू खोल्ने भन्दा भएका संस्थाहरूको क्षमता वृद्धि गरी अघि बढ्नु उपयुक्त हुन्छ । यसले खर्च कम हुनाका साथै गुणस्तरमा पनि गुणात्मक विकास हुन्छ’उनले भने । 

शिक्षाले वर्तमान समयको आवश्यकता पूरा गर्न सक्नुपर्ने धारणा उनको छ । नेपालमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने भन्नुहुँदै उहाँले नेपालका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याए । नेपालको विद्यमान गरिबी, बेरोजगारी र अशिक्षा जस्ता समस्याको समाधान गर्न पनि गुणस्तरीय र व्यावहारिक शिक्षा आवश्यक रहेको उनले बताए ।

शिक्षार स्वास्थ्यको उचितव्यवस्थापनले मात्रै नेपाली समाजमा समानता, सामाजिक न्याय र अवसरहरू सृजनाहुने उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि राज्य, गैरसरकारी संस्था र जनसमुदायको भूमिका उत्तिकै महत्वपूर्ण रहेको र मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

यस्तै, मन्त्री गुप्ताले टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । विगतको आठ वर्ष देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको क्लबले थुप्रै काम गरेको स्मरण उनले गरे । बालबालिकाले विद्यालयमा शिक्षक सँग ज्ञान लिएर मात्रै उसको शिक्षा पूरा नहुने चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले बाल बालिका हरूलाई अभिभावकले पनि घरमा उचित शिक्षा दिनुपर्ने आवश्कता औंल्याए ।

यस्तै, उनले सीमित स्रोत साधनबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बाध्यता रहेको बताए ।उनले भने, ‘देश दिन प्रतिदिन गरिब हुँदै गएको छ । थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्थामा हामी छौँ । कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी ठाकुर, पूर्व नगरप्रमुख मन्टु रौनियार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार