मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |
मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |


जुम्लामा हिंसा पिडित महिलाहरूको संरक्षण गर्न ‘दिमा आमा घर’ सञ्चालनमा

Ujyalosandeshonline 12448+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

मुगु ।  घरेलु हिंसा, लैंगिक हिंसा तथा अन्य प्रकारका हिंसाबाट पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि ‘दिमा आमा घर’सञ्चालनमा आएको छ । हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले  दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो ।

जुम्ला लगायत कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणी, बहुविवाह लगायतका घटनाहरू व्यापक रूपमा देखिने गरेका छन् । यी घटनाबाट पीडित भएका महिलाहरूको लागि तत्काल सुरक्षित आश्रयको अभाव थियो । ‘दिमा आमा घर’ स्थापना भएसँगै यस्ता महिलाहरूलाई आउँदा दिनमा सुरक्षित बसोबास र पुनस्र्थापनाका लागि एउटा महत्वपूर्ण विकल्प हुने संस्थाकी अध्यक्ष दिलमाया शाहीले बताइन् ।

अध्यक्ष शाहिका अनुसार हिंसा पीडितहरुको महिला तथा बालिकाको लागी आर्थिक सहयोग, कानुनी परामर्श  आत्मनिर्भर  बनाउने छ । उनले भनिन्, ‘हरेका हिंसा पीडितको मुद्दामा राजनितिकरण भएकाले  यो दिमा आमा घरले  पिडित मैत्री हुने छ । ’ यो आमा घर सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा  आमा घर स्थापना गरिएको हो । 

११५ आँै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्था उद्धघाटन गरिएको छ । अध्यक्ष शाहीले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफूसँग जोडिएका सात जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शसक्तिकरणका लागि दिमा आमा घर स्थापना गरिएको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गरिएको हो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घरको  रुपमा  रहने बताए । उनले यस कार्यमा एक्लै नभई सबैको सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै  सिँजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्ण प्रसाद धितालले दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीको सत्य तथ्य पत्रकारिताको कामले दिमा आमा घरको भविश्य राम्रो  हुने बताए । यो अमाघरको लागि गाउँपालिकाले सहयोग गर्ने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले हिंसाबाट महिला र बालबालिका आउने महिला तथा बालबालिकाहरुको लागि आमा घरको भूमिका महत्वपूर्ण रहने बताए । 

त्यस्तै तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवति रावलले समाजमा शोषित पिडितका र हिंसा पिडित महिलाका लागि गरिएको यो काम निकै राम्रो भएको बताइन् । उनले कार्यसमिति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले सामाजिक कामका लागि आवश्यक सहयोग गर्नेमा जोड  दिइन् ।   त्यस्तै बरिष्ठ अधिवक्ता देवेन्द्रप्रसाद शर्माले सत्य तथ्य कुरा र सामाजिक कुरामा जोड दिँदै आउनु भएका पत्रकार दिलमाया शाही सहितको आमा घरको टिमलाई हृदयदेखि आभार ब्यक्त गरे ।   हिंसा पिडित महिलालाई कानूनी निकायमा लिन यो संस्थाले थप काम गर्नेमा जोड दिए  । 

त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जय शंकर धितालले समाजमा भइरहेका विकृति, विसंगति, र वेतिथिहरूका विरुद्ध कलम चलाउने दिलमाया सहितको टिमले गरेको कार्यको प्रशंसा गर्दै सबैले यसमा सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘हिंसा, अन्याय र विभेदविरुद्ध उठ्ने प्रत्येक आवाजलाई साथ दिन आवश्यक छ, जसले गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । विशेषगरी, ‘दिमा आमा घर’ जस्ता पहलहरूले हिंसा पीडित महिला तथा बालबालिकाहरूको जीवनमा आशाको किरण ल्याउने भएकाले सबै तहबाट सहयोग आवश्यक रहेको  छ ।’   दिमा आमाघर नामक संस्थाले आराम कक्ष ३ वटा, १ भान्सा  र १ कोठा कार्यालय संञ्चालन गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार