मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मर्चवारीको बजेट ४८ करोड

जैसमोहम्मद खान 76+ समाचार ( )
११ असार २०८१, सोमबार

मर्चवार । मर्चवारी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि ४८ करोड २३ लाख ६७ हजार ९ सय ६९ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार पालिकाका प्रमुख गया प्रसाद बरईले चालु तर्फ १० करोड १५ लाख ८१ हजार ९ सय रुपैया तथा वडा तर्फ ७ करोड ८४ लाख बजेट पेश गरे ।

यस्तै व्यय तर्फ नै समपूरक अनुदान गाउँपालिका तर्फ १ करोड २५ लाख, संघ तर्फ ५५ लाख र प्रदेश तर्फ ७० लाख रुपैया विनियोजन गरेको बताए । विषयगत शाखाहरु तर्फ कृषिमा १५ लाख, शिक्षा तर्फ ३ करोड ५० लाख, पशु तर्फ १० लाख, स्वास्थ्य तर्फ १ करोड ५५ लाख, विपद् व्यवस्थापन कोषमा १० लाख राखिएको बरईले बताए । शशर्त अनुदान संघ तर्फ १६ करोड ९७ लाख ८६ हजार, प्रदेश तर्फ ९० लाख र विशेष अनुदान प्रदेश २० लाख रुपैया छुट्टयाईएको छ । 

पालिकाले गाउँपालिका अध्यक्षका योजना र गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा २ करोड रुपैया तथा उपाध्यक्षका योजनाका लागि १ करोड ५० लाख रुपैया छुट्टयाएको छ । 

आय तर्फ आन्तरिक श्रोतबाट २५ लाख रुपैया उठाउने पालिकाले उद्देश्य लिएको छ । गत वर्षको अल्या ४ करोड ६१ लाख ९८ हजार रुपैया रहेको छ । राजस्व बाँडफाडबाट संघिय सरकारबाट ९ करोड ९४ लाख ८१ हजार ९ सय ६९ रुपैया, प्रदेश सरकारबाट ३४ लाख ६९ हजार रुपैया आउने पालिकाले प्रक्षेपण गरेको छ । 

मर्चवारी गाउँपालिकाले सोमबार नै निति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिका उपाध्यक्ष आशा सिंहले निति तथा कार्यक्रम पेश गर्दै यस पटक पनि भौतिक पूर्वाधारको साथै सामाजिक विकास र कृषि स्वास्थ्य, शिक्षालाई समेटिएको बताईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार