मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘राजालाई बोकेर मुलुकको विकास हुदैँन्’

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । 

उनले भने, ‘हुदैँ नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आईरहेको थियो । यसको पछाडी जोडिने मान्छेहरुलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होईन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नी, आजको समय व्यक्तिगत स्वतन्त्रताको हो ।’ 

यस्तै, उनले जसको घरमा जन्मिए पनि, शितल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबले चल्नुपर्ने व्यवस्थामा जानु उचित नभएको बताए । 

उनले भने, ‘तपाई जसको घरमा जन्मिए पनि, त्यो व्यक्ति योग्य र काबिल छ भने र जनताले विश्वास गर्ने हो भने त्यो शितल निवासमा जान पाउनछ, सिंहदरबारमा राज गर्न पाउछ, त्यो सर्वोच्च अदालतको न्यायाधिश बन्न पाउछ । यो व्यवस्था छोडेर राजाको घरमा जन्मिएको हुनाले ३ करोड नेपालीभन्दा योग्य हुन्छ भन्ने सिद्धान्तमा जानु राम्रो हो । यो गलत हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार