हरैया बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

Ujyalosandeshonline 11020+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको कञ्चन–३ स्थित हरैया बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ। शिक्षा तथा व्यवस्थापन संकायमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थी र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो।

बि.बि.एस. दोस्रो वर्षकी छात्रा अनिशा बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूमा जिम्मेवारी, अनुशासन र नेतृत्व क्षमता हुनुपर्ने बताउनुभयो। उहाँले उच्च शिक्षा स्वअध्ययन र अनुसन्धानमा आधारित हुने भन्दै शिक्षकको मार्गदर्शनमा अघि बढ्न सुझाव दिनुभयो।

यस्तै, वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले शिक्षासँगै नैतिकता र अनुशासन अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष टीकाराज गिरीले क्याम्पसलाई ज्ञान–विज्ञानको केन्द्र बनाउन नयाँ विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा क्याम्पस उपाध्यक्ष पुष्पराज शर्मा, क्याम्पस प्रमुख प्रकाश खनाल, संकाय प्रमुखहरू विनोद पौडेल र दीपक भुसाल तथा स्ववियु सभापति जीवनकुमार धवल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। बि.एड. दोस्रो वर्षकी छात्रा परमशिला यादवको स्वागत मन्तव्य र लक्ष्मीकुमारी धवलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा प्राध्यापकहरूले सांगीतिक एवं सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार