मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट

Ujyalosandeshonline 12437+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

सर्लाही । सर्लाहीको रामनगर स्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रामनगर गाउँपालिका वडा नम्वर ३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो ।

गाउँपालिकाको राम टोलमा सोमबार राति एकजना दलित समुदायको घरमा आगलागी हुँदा करिव पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् । समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्राप्त भएका प्रेस नोटमा उल्लेख छ । 

आगलागी भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा खटिएका १० जना प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएर बस्तीका अन्य घरमा क्षति हुनबाट जगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

उनका अनुसार घर भित्र रहेका बाख्रा पाँचवटा, लत्ताकपडा, कागजपत्र, खाद्यान्न गरी पाँच लाख मूल्य बराबरको सम्पत्ती क्षति भएको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार