मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

काठमाडौंमा मधेशी युवाहरुमाथि कुटपिट घटनाप्रति जनकपुरधामका युवाहरु आन्दोलित

Ujyalosandeshonline 11013+ समाचार ( )
७ पौष २०८१, आइतबार

जनकपुर । जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरुमाथि कुटपिट भएको घटनाप्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् । 

उनीहरुले प्रमुख जिल्लाअधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूहद्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरुमाथि हातपात, कुटपिट, गालिगलौच जस्ता घटनाप्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको माग गरिएको छ । 

साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ । शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टस्ले जिते पश्चात मधेशी समुदायका युवाहरुमाथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो । यस घटनाप्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषीलाई कारबाहीको लागि अनुरोध गरेको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार