मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

न्यायालय जले पनि न्याय जलेको छैनः प्रधानन्यायाधीश राउत

रासस 462+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

गलकोट (बागलुङ) । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनुभयो । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको आज यहाँ उद्घाटनपछि बोल्दै उहाँले न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको भन्दै खरानी टक्टकाएर न्यायालय उठेको बताउनुभयो । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी मिसिल तयार भइसकेको बताउनुभयो । उहाँले ती मिसिल विद्वान वकिल, बार इकाई र सरकारी वकिलको कार्यालयबाट प्राप्त भइसकेकाले न्यायालय पुनः उठेको बताउनुभयो । 

नागरिकले न्यायालयप्रति विश्वास बढाउने काम सेवा प्रवाहबाट मात्रै देखिने भन्दै प्रधानन्यायाधीश राउतले  भवन मात्र सुविधासम्पन्न नभई सेवा प्रवाहमा सन्तुष्टि दिन आवश्यक रहेकामा जोड दिनुभयो । “जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थामा पुगेको भन्दै निर्मम समीक्षा गरेर सेवा प्रवाहमा गुणस्तर बढाउनुपर्ने देखिएको छ । हामीप्रतिको आवेग पनि निस्किएको, तर राज्यका तीन वटै अङ्ग जलाउने काम सुनियोजित हो, हामी उठेका छौँ”, उहाँले भन्नुभयो, “सर्वोच्च अदालत पुरानै अवस्थामा फर्कन थालेको छ, ढुक्क भएर नागरिकलाई सेवा प्रवाहमा खट्न न्यायाधीश र कर्मचारीलाई आग्रह गर्दछु । थप परिमार्जित भएर नागरिकमा गुणस्तरीय सेवा प्रवाहमा लाग्न आवश्यक छ ।” 

भूकम्पले क्षति पु¥याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । गत जेठमा सम्झौता मितिभित्रै सम्पन्न भएर उक्त भवनबाट साउनदेखि सेवा दिन थालेको छ । गत असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माणसम्पन्न भएर साउनबाट सेवा दिन थालिएको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछानेले जानकारी दिनुभयो  । 

नयाँ भवनमा छवटा अत्याधुनिक इजलास कक्ष रहेका छन् । जसकारण एकसाथ छ मुद्दाको इजलास गर्न सकिने न्यायाधीश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डरग्राउन्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीश, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवासका संरचना गरी तीन ब्लक निर्माण गरिएका छन् । सात रोपनी जग्गामा निर्माण भएको उक्त भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै साबिक धौलागिरि अञ्चलका चार जिल्लामा रहेका इजलासमध्ये सबैभन्दा ठूलो र आधुनिक रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार