मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क कार’, गौरीटापमा देखियो रौनक

Ujyalosandeshonline 11005+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले  ‘स्पार्क एड्भेञ्चर’को आयोजना गरेको छ । काठमाडौंबाट विद्युतीय सवारी साधनको प्रयोग गर्दै कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । उक्त क्षेत्रको प्रवद्र्धनमा उनीहरुले सक्रियता जनाएका हुन् ।

प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुखुम्बु पुगेका थिए । ‘स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवद्र्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो । यसपटक गौरीटाप रोजाइमा प¥यो’, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने । 

निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्रे सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नसकेको उनको भनाइ छ । 

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थानका रुपमा परिचित छ । चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् । आँखा अगाडि देखिने हिमश्रृंखलाको अघिल्तिर कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । सो क्रममा सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न अभिनेता राजेश हमालले आग्रह गरे ।

यस्तै, कतैबाट पनि पहिचानमा आउन नसकेको ठाँउहरुलाई छनोट गरेर प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्ने भन्दै नेपालको भूगोल र युवाहरुको रुचि भएका सहासिक र रोमान्चक कार्य पनि बढाउने निर्देशक घिमिरेले जानकारी दिए । उनले भने, ‘नेपालको भूगोल नै रोमान्चक खालको भएको हुनाले र युवा जमात पनि साहसिक काम गर्न रुचाउने भएको हुनाले पनि साहसिक कामलाई प्रोत्साहन गर्न चाहन्छौ, हामी प्रत्येक वर्ष यस्ता कामहरु गर्नेछांै । कतैबाट पनि पहिचानमा आउन नसकेको ठाउँहरुलाई छनोट गरेर प्रत्येक वर्ष कार्यक्रम गर्नेछौ ।’

उनले स्थानीय उत्पादन, साना उद्योगहरु जतिपनि छन्, त्यसलाई पनि व्यापारिक गर्ने उद्देश्यले कार्यक्रमहरुको आयोजना गरेको बताए । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई पनि ध्यानमा राखेर त्यसलाई प्रोत्साहन गर्ने हिसाबमा पनि बढिभन्दा बढि विद्युतीय सवारी साधनको प्रयोगलाई बढाएको पनि उनले जानकारी दिएका छन् । 

उनका अनुसार, ‘पर्यटन प्रवद्र्धनको लागि कार्यक्रमहरु गर्दै जाँदा अहिले धेरै ठाँउबाट कार्यक्रम गर्नको लागि फोनहरु आउने गरेको छ । विशेषगरी सवारी व्यवस्थापन गर्ने काम हो । यस वर्ष हामीले विद्युतीय गाडीलाई प्रवद्र्धन गर्नको लागि पनि विद्युतीय सवारी साधनलाई बढाएका छौ । यस्ता सवारी साधन बढे अनुसारको चार्जिङ् स्टेशन छैन् । यसमा स्थानीय सरकारले पनि आफ्नो लगानी गर्न सुरु गरेको छ । अब चार्जिङ् स्टेशनहरु पनि बढ्ने आशा गरेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार