मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

Ujyalosandeshonline 11479+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् ।उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् ।

मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनलाई विहीबार साँझसम्म शपथ गराउने कार्यतालिका छ । 

एमाले–माओवादीका ५२  सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधबार आह्वान गरेका थिए । 

झापा गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै एमालेको राजनीतिमा सक्रिय भएका हुन् । यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार