मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रतापपुर गाउँपालिकाको मुहार फेरियो: १३ करोडमा बन्यो सुविधासम्पन्न प्रशासनिक र प्रसूति भवन

सितमती हरिजन 24+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा करिब १३ करोड रुपैयाँको लागतमा छुट्टाछुट्टै प्रशासनिक र प्रसूति (बर्थिङ) भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले धार्मिक कार्यक्रमसहित गृह प्रवेश गरेसँगै शुक्रबारदेखि दुवै नयाँ भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

गाउँपालिकाका इन्जिनियर आनन्द यादवका अनुसार, संघीय सरकारको ५ करोड ४० लाख र गाउँपालिकाको ६ करोड ९ लाख गरी कुल ११ करोड ४९ लाख रुपैयाँको लागतमा चार तले प्रशासनिक भवन निर्माण गरिएको हो । यस भवनमा कार्यपालिका बैठक कक्ष र सभा कक्षसहित ३४ वटा कोठाहरू रहेका छन् ।

विगतमा दुईवटा घर भाडामा लिएर सञ्चालन हुँदै आएको गाउँपालिकालाई अब आफ्नै भवन भएपछि आर्थिक भार घट्ने र सेवा विस्तारमा सहज हुने अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । दुई वर्षअघि निर्माण सुरु भएको यो भवन गत जेठमा सम्पन्न भएको थियो ।

त्यसैगरी, संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा कुल १ करोड ३३ लाख ६९ हजार रुपैयाँको लागतमा दुई तले प्रसूति भवन पनि निर्माण गरिएको छ । डेढ वर्षअघि निर्माण थालिएको यो भवन गत फागुनमा सम्पन्न भएको हो र यसमा भिडियो एक्स-रे लगायतका सुविधाहरू रहेका छन् । यो नयाँ प्रसूति भवनसँगै गाउँपालिकामा अब चार स्थानबाट प्रसूति सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार