मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

रासस 540+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

लमजुङ । पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताउनुभयो । 

यस आर्थिक वर्ष २०८२÷०८३ मा यतिका प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०÷५० प्रतिशत लगानीमा प्याज खेती सुरु गरेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको  सम्मान नौ हजार ८७५ खर्च हुने भएको छ । कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ ।

यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु भएको छ ।  कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ । एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यवसायीक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷२०८२ मा समेत ५० रोपनी जमीनमा  प्याज खेती विस्तार गरेको थियो । गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो । 

यस प्याज प्रवद्र्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ । बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङ बासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने छ । प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यवसायीक प्याज प्रवद्र्धन कार्यकम प्रभावकारी बन्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार