मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । पाँचौं बकैया कप फुटबल प्रतियोगिता भोलिदेखि मकवानपुरको बकैयामा सुरु हुँदैछ । बकैया खेलकुद विकास समितिको आयोजनामा बकैया गाउँपालिका–३  स्थित बकैया रंगशालामा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने जनाइएको छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार