मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विभिन्न कार्यक्रम गरी चेम्बर अफ कमर्स रुपन्देहीले स्थापना दिवस मनाउँदै

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) विभिन्न कार्यक्रम गरी आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ । संस्थाले स्थापना दिवसको पूर्व संध्यामा विभिन्न कार्यक्रम गर्ने भएको हो । संस्थाका अध्यक्ष सचिन रोक्काले २२ गते परेको स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइने जानकारी दिनुभयो । अध्यक्ष रोक्काका अनुसार माघ १६ गते भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा बिहान ८ बजेदेखि योगा तथा ध्यान कार्यक्रम गरिनेछ । यो कार्यक्रमको संयोजक कार्यसमिति सदस्य सिकन्दर अली हुनुहुन्छ ।

त्यस्तै माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा बिहान ७ः३० बजेदेखि प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिताको संयोजन कार्यसमिति सदस्य शिवम जयसवालले गर्नुहुनेछ ।माघ १८ गते सामाजिक सेवा अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा सामग्री हस्तान्तरण गरिने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।

माघ १९ मा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरिनेछ । यो कार्यक्रमको संयोजन संस्थाका सचिव गौतम कुमार गुप्ताले गर्नुहुनेछ । माघ २० गते सिद्धार्थनगर नगरपालिका–९ स्थित संस्थाको सभाहलमा बिहान १०ः३० बजेदेखि माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । यो कार्यक्रमको संयोजन कोषाध्यक्ष धिरज कुमार मल्लिकले गर्नुहुनेछ ।

उक्त प्रतियोगितामा ११ वटा विद्यालयको सहभागीता रहने महासचिव अधिकारीले जानकारी दिनुभयो । माघ २१ गते सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथदेखि उदयपुरसम्म सरसफाई कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रमको संयोजन कार्यसमिति सदस्य अब्दुल कैयुमले गर्नुहुनेछ । माघ २२ गते स्थापना दिवस तथा सम्मान कार्यक्रम संगठनको सभाहलमा गरिने महासचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार