मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

Ujyalosandeshonline 11009+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं एक्सेल एण्ड इलिभेट भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको

कम्पनीले उक्त कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको हो कर्मचारीहरूको प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोमा विवेचना गर्दै आगामी वर्षको व्यावसायिक लक्ष्य रणनीतिका बारेमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले प्रशिक्षित गराएका थिए

कार्यक्रमको सभापतित्व पनि सिइओ खत्रीले नै गरेको कम्पनीले जनाएको विभागीय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरू गरी सय जना भन्दा बढीको सहभागिता रहेको थियो

कार्यक्रममा सिइओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक जटिल हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन भूमिका खेल्नु पर्ने बताएका थिए  उनले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट नतिजा हासिल गर्नेमा जोड दिए

सोही कार्यक्रमकै अवसरमा चर्चित मोटिभेसनल स्पिकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन

नियामक निकाय नेपाल बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गरेका थिए

कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरूको लागि परीक्षा सञ्चालन गरिएको थियो भने सो परीक्षाबाट प्रथम सुरक्षा सिंह, द्धितीय चुडामणी गौतम तृतीय भएका खगेन्द्र श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो

त्यस्तै, देशैभरीबाट उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना प्रशासनिक कर्मचारीहरू महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल केन्द्रीय कार्यालयका नवराज थापा मगरलाई पनि सिइओ खत्रीले सम्मान तथा पुरस्कार वितरण गरेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार