जुम्ला । प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ ।केन्द्रीकृत शासन व्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयता सँगै सिन्जा, हिमा र कनका सुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।
नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिंन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख लगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनका सुन्दरी–४ का वडाध्यक्ष धनमान सिंह हमालले बताए ।
उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो ।सिन्जा उपत्यकामा रहेको कनका सुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर,लुड्कु लामा थारा लगायत तीन दर्जन बढी साना–ठूला धार्मिक स्थल छन् ।
नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ ।यो बाटो हुँदै दैनिक ५० देखि एक सय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोर दोहार गर्छन् ।
खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेख समेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन् । सिन्जाको भौगोलिक वनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने पर्यटकहरुको भनाई रहेको छ ।
उपत्यका भित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँकोबीच भएर बग्ने हिम नदीले पनि सिन्जाको सुन्दरता थपेको छ ।झन्डै ३४६१ वर्ष अघि अर्थात्इसा पूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापना गरेका थिए ।
राजा जालन्दर शिवका भक्त थिए ।शिवकोअघिल्लोअक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ ।खसराजानागराजरउनकाउत्तराधिकारीलेसिन्जाराज्यमाझन्डैतीनसयवर्षसम्मशासनगरेकोइतिहासछ ।
खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहास सम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।
‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’
आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो ।उनलेख सभाषा विकसित भएर नेपाली भाषा भएको बताए ।उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खस शब्दकोश तयार हुँदैछ । शब्दकोश प्रकाशन पछि तत्कालीन सिन्जा राज्य भित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए ।
केन्द्रिय र प्रदेश सरकारले मन्त्रलयमा योजना बाडफाड गर्ने समयमा नाता गोता र कमिशन खेल मन्त्री,संसदहरुको पहुँचको आदारमा बाढीले भएको हुनाले नेपाली भाषाको उद्गम क्षेत्रमा कम बजेट पठाउर्ने भएको हुनाले सिन्जा क्षेत्र र बिषेश गरी कनका सुन्दरी गाँउपालिका भित्र रहेको पुराना संरचना ईतिहास बोकेका मूल्यबान सम्पति रितिरीवाज ,चालचलन, देउडा, मागल, हुड्के नाच ,झोडा, मागल, स्थानिय चाडपर्वहरु, अलपत्र पनुका साथै ओझेलमा परेको कनका सुन्दरी गाँउपालिका ३ का समाजसेबि पंख बहादुर बुढाले बताए ।
नेपाली खस भाषाको उद्य भएको जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको हाडसिंन्जा बाट सुरुवात भएको हो । बिचमा केन्द्रिय सत्ताले वेवास्ता गरेको सिन्जा नेपाली कामकाजमा प्रयोग भएको भाषा स्थान भएको यस क्षेत्रमा ईतिहास बोकेका मठमन्दिर, गुम्बा,गुफा,देवल हरुको संरक्षण गरि प्रचार प्रचार गर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई भित्र्याउने खालका पुरानै शैलीका पूर्वाधार संरचनाहरु निर्माण, संरक्षण गर्ने, प्रचार प्रचार गर्ने, रैथाने खेतीहरुको उत्पादनमा जोड दिने बिषाधीरहित पालिका घोषणा गर्ने, पर्यटकहरुलाई समय दिन लम्ब्याउनका लागि संग्राहलय, कोसेली घर लगायतका संरचना निर्माण गरी स्थानीय गाँउपालिकामा रहेका नागरिकहरुको आय बृद्धि बढाउने खालका नीति तथा कार्यक्रमहरु ल्याउने र सन्चालन गरीने कनका सुन्दरी गाँउपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य बताए ।