मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

उद्योग व्यापार संगठन रुपन्देहीले बनायो वार्षिक कार्ययोजना

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक–२०८१ अर्घाखाँचीमा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका–६ स्थित नरपानीमा भएको बैठकले वार्षिक कार्ययोजना बनाएको छ । ‘वार्षिक कार्ययोजना बनाउन रुपन्देही जिल्लाबाहिर पुग्ने गरेका छौं, यसले आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने हामीले विश्वास लिएका छौं, ’संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने ।

बैठकले एक वर्षमा गरिने विभिन्न कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरेको संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले बताए । गठन गरिएका उपसमितिमा उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा, महिला उद्यमी, युवा तथा सीप प्रवद्र्धन, राहत, दर्ता–नविकरण, सूचना तथा सञ्चार, स्वास्थ्य, सीमा तथा भन्सार, बजार अनुगमनलगायत रहेका छन् ।

वार्षिक कार्ययोजनामा विभिन्न कार्यक्रम गर्ने उल्लेख गरिएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, समग्र रुपन्देहीको विकास, राष्ट्रिय गौरव आयोजना, उद्योग, व्यापार, कृषि, सम्बन्धी छलफल तथा अन्तरक्रिया, सडक खाना महोत्सव, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह, सुझाव पेश गर्ने, भैरहवा मण्डपका लागि आवश्यक जग्गा पहिचान गरी सरकारसँग पहल गर्ने, लेखा, नेतृत्व विकास तालिम, साँस्कृतिक कार्यक्रम, सरसफाई, दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतकोे अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्ययोजनामा समावेश छ ।

त्यस्तै खेलकुद कार्यक्रम आयोजना, वृक्षरोपण तथा वृक्ष संरक्षण, युवाका लागि सीपमूलक तालिम, कर शिक्षा तालिम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र २०८२ सालको क्यालेण्डर प्रकाशन गर्ने उल्लेख छ । बैठकले संगठनको लुम्बिनी शाखालाई चेम्बर अफ कमर्श लुम्बिनी साँस्कृतिक नगरपालिकाको रुपमा दर्ता गरी सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ ।बैठकमा संगठनका कोषाध्यक्ष सुरेन्द्र कुमार पाण्डेयले २०८१/०८२ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार