मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाई कुनै एक देशको मात्र नभई सबैको साझाँ लडाई भएको बताएका छन् । उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् । उनले मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइन् उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’

उनले थप लेखेका छन्,‘आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।’ उनले मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै मधेशले विगतमा अनेकौं पीडा र संघर्ष भोगेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार