मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

देशभरका २१ उत्कृष्ट स्थानीय तहलाई काँग्रेसले गर्यो सम्मान

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले संस्थागत क्षमतामा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरुले सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमतामा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो । यस्तै  २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो  ।

यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ । सम्मान कार्यक्रम लाई नै सम्बोधन गर्दै महामन्त्री गगन थापाले जनतासँग गरेका बाचालाई स्थानीय सरकारले इमान्दारका साथ पूरा गनुपर्ने बताएका छन् । उनले बाचाहरु अनुरुप काम गर्न सुझाव दिए । 

उनले  भने, ‘हामीले ३३२ वटा पालिकामा नेतृत्व प्राप्त गयौैं । स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टी हौं । केही बाचाहरु गरेर स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेका हौं, संकल्प पत्रमा ती कुराहरु स्पष्टसँग उल्लेख गरेका छौं । त्यस्ता बाचा अनुरुप काम गर्नु परिणाम आउँछ आउँदैन त्यो सबै हाम्रो नियन्त्रणमा छैन तर त्यसका निम्ती प्रयत्न गर्नु निर्वाचित हुने सबैको कर्तव्य र धर्म हो ।’

साथै उनले चोक चौतारीमा बसेर  यो  खराब उ खराब भनेर आरोप लगाउन नहुने बताए । उनले आफ्नो पार्टीका प्रतिनिधिहरुले कस्तो काम गरेका छन् त्यो सबै अनुगमन र निगरानीमा राखिनुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार