मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |
मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |


थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न

Ujyalosandeshonline 11024+ समाचार ( )
७ वैशाख २०८३, सोमबार

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ घट्टे खोलामा दोस्रो राष्ट्रिय याकचौँरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यहाँस्थित हिमालय चौँरीपालन तथा संरक्षण समितिको आयोजना तथा थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा आज राष्ट्रिय याक दिवस हर्षोल्लासका साथ मनाइएको हो । सदियौँदेखिको परम्परागत याकचौँरीपालन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित यसवर्ष मुस्ताङसहित रसुवा र पाँचथर जिल्लामा पनि राष्ट्रिय याक दिवस मनाइएको छ ।

यहाँ आयोजित राष्ट्रिय याक दिवसको उद्घाटन गर्दै थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा परम्परागत याकचौरी पालन व्यवसायलाई संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हिमाली क्षेत्रमा पालन गरिने परम्परागत याकचौँरी व्यवसायीहरुको हकहितका लागि गतवर्ष राष्ट्रिय याकचौँरी महासङ्घ विधिवत दर्ता भएको अध्यक्ष गौचनले बताउनुभयो ।

जैविक विविधता र पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान पु¥याउने यसप्रकारको याकचौँरीपालन लोपोन्मुख अवस्थामा रहेकाले संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । याकचौँरीपालन व्यवसाय महङ्गो र जोखिमयुक्त रहेको उल्लेख गर्दै यसको दिगो व्यवस्थापनका लागि राज्य पक्षले याकचौँरीपालन व्यवसायको उत्थान गर्न ठोस कार्यक्रम अवलम्व गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष गौचनले बताउनुभयो । पछिल्लो समय याकचौँरीपालन व्यवसायको संरक्षणका लागि ८० प्रतिशत बिमा सुरक्षित गरिएकाले उच्च लेक र खर्कमा हुने प्राकृतिक तथा वन्यजन्तुबाट हुने क्षतिबाट कृषकलाई आशिंक राहत उपलब्ध भएको अध्यक्ष गौचनको भनाइ छ ।

यसैगरी राष्ट्रिय याकचौरी महासङ्घका केन्द्रीय सचिव सोजन हिराचनले गतवर्ष महासङ्घको पहलमा सरकारले मन्त्रिपरिषद्बाट बर्सेनि वैशाख ७ गतेका दिनलाई राष्ट्रिय याक दिवस मनाउने घोषणा गरेकाले मुस्ताङमा दोस्रो याक दिवस आयोजना गरिएको बताउनुभयो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले याकचौँरीपालन व्यवसायलाई जोगाउन गाउँपालिका सदैव तयार रहेको बताउनुभयो । गाउँपालिकाले सम्भव भएसम्म यहाँका याकचौँरीपालन गर्ने किसानको उत्थानमा आर्थिक, भौतिक र प्राविधिक सहयोगका लागि तयार रहेको बताउनुभयो ।

सो अवसरमा हिमालयन चौरीपालन तथा संरक्षण समितिले यसवर्ष थासाङ–२ लार्जुङका याकचौँरीपालक राजेन्द्र तुलाचनलाई सम्मान गरेको छ । विगत २० वर्षदेखि निरन्तर रुपमा याक नाक (चौँरी)पालन व्यवसाय अपनाउँदै आइरहेका तुलाचनलाई हिमाली क्षेत्रको परम्परा र संस्कृतिको संरक्षण, स्थानीय आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पु-याएको भन्दै उत्कृष्ट याक नाक (चौँरी)पालन व्यवसायीको रूपमा सम्मान गरेको हो । दिवसका अवसरमा मुस्ताङमा पालन गरिएका याक नाक (चौँरी) मध्ये सर्वोत्कृष्ट याकचौँरीपालन गरेबापत थासाङ–२ सौरुका स्थानीय सोजन हिराचनलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार