मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सफा हिमाल अभियानमा ११ हजार केजी फोहोर संकलन

Ujyalosandeshonline 12437+ समाचार ( )
तस्बिर सौजन्य : नेपाली सेना
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार मानव शव संकलन भएको छ । जंगी अड्डामा आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोरमध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो । उक्त फोहोर अभियान दलले व्यवस्थापन कम्पनी अभनी भेञ्चर्स प्रालिलाई जिम्मा लगाएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा  प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए । सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने निययम कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे । 

कार्यक्रममा सफा हिमाल अभियानका टीम लिडर सेनानी आदित्य कार्कीले प्रधान सेनापतिलाई अभियानको झण्डा हस्तान्तरण गरेका थिए । कार्यक्रममा अभियानका सदस्य, शेर्पा सहयोगी, वन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रालि, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले टोली नेता सेनानी कार्कीलाई सगरमाथा आरोही ब्याच हस्तान्तरण गरेका थिए । 

सफा हिमाल अभियान सन् २०१९ देखि सुरु गरिएको हो । अभियानअन्तर्गत हालसम्म १,१९,०५६ केजी फोहोर र १४ वटा मानव शव र केही अस्थिपञ्जर संकलन भएको  नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै