मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

समाज विकासमा सामाजिक अगुवाको भूमिका महत्वपूर्ण : डीएसपी खनाल

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले समाजको विकासमा सामाजिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले प्रहरी र सामजिक अगुवाबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को ११५ औं श्रृंखलाको अवसरमा शनिबार आयोजित सामाजिक अगुवा र प्रहरी सेवा विषयक कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी खनालले सहभागी प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया समेत गरेकी थिइन् ।

नेपालको तराई भेगमा बसोबास गर्ने चेलीहरु आफ्नै परिवारबाट पनि धेरै उत्पीडित हुन् परेको भन्दै सामाजिक अगुवाहरुलाई त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरिन् । आफ्नो व्यक्तिगत अनुभव सुनाउदै भनिन्, ‘म रुपन्देहीकी चेली भएकोले यो क्षेत्रप्रति मेरो अपनत्व छ, म यहाँबाट केही सुखद अनुभव लिन चाहन्छु ।’

सहभागीको सफलताको कारणबारे एक प्रश्नमा उनले भनिन, ‘हरेकको सफलताको पछाडी उसको परिवार हुन्छ । मेरो आजसम्मको सफलताको पछाडी पनि मेरो परिवार रहेको छ ।’

एलएसडीटीले सामाजिक अगुवालाई सही मार्ग देखाउन सक्ने विश्वास गर्न सकिने भन्दै एलएसडीटीलाइ नियमित राख्नुपर्ने उनले सुझाव दिइन् ।

कार्यक्रमको अध्यक्ष सीता भण्डारीको धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक धन कुमारी कार्कीको स्वागत तथा हस्तकला उद्यमी अस्मिता अधिकारीको सञ्चालनमा सञ्चालन भएको कार्यक्रमको अभिनव मयुर कसौधनले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका दर्जनौ बढी अगुवाहरुको उपस्थिति रहेको तालिम व्यवस्थापन समितिका सदस्य अनिता थापाले बताइन् । 

एलएसडीटीले विगत २ वर्षदेखि नियमित रुपमा प्रत्येक शनिबार बिहान ८ बजेदेखि निःशुल्क कक्षा सञ्चालन गर्दै आएको तालिम व्यवस्थापन समितिका विरेन्द्र ज्ञवालीले बताए ।

एलएलडीटीका सदस्यहरुको योगदानबाट सञ्चालन हुँदै आएको छ । ‘एलएसडीटीका सदस्य सन्दिप कुमार अग्रहरीले ११५ औ श्रृंखलाको व्यवस्थापनका लागि सहयोग गरेका दिएका थिए, ’ज्ञवालीले भने । भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन हुँदै आएको एलएसडीटीको मुख्य प्रशिक्षक तथा संस्थापक एवं प्रस्तोता विजय पाण्डे हुन् । पाण्डे लुम्बिनी प्रेस क्लबका आजीवन सदस्य समेत रहेका छन् । उनी उत्प्रेरक वक्ताका रुपमा परिचित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार