मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा

Ujyalosandeshonline 12431+ समाचार ( )
४ असार २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले छापा मारी नदीजन्य पदार्थको ठेक्कासँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ। वडा नम्बर ५ स्थित बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खननको ठेक्का पाएकोमा, अनुमति दिइएको भन्दा फरक स्थानमा घाटगद्दी गरेपछि अनियमितताको उजुरीका आधारमा अख्तियारले यो कदम चालेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले घटनाको पुष्टि गर्दै अख्तियारको टोलीले छानबिनका लागि कागजातको प्रतिलिपि लगेको जानकारी दिनुभएको छ।

अख्तियारको छापालगत्तै बसेको कार्यपालिकाको बैठकले फरक स्थानमा राखिएको नदीजन्य पदार्थ जफत गर्ने, ठेकेदारलाई कारबाही गर्ने र उत्खननमा प्रयोग भएका दुई वटा मेसिन नियन्त्रणमा लिने निर्णय गरेको छ। तर, अख्तियारले कदम चाल्नुअघि पालिकाले कुनै अनुगमन र कारबाही नगरेकाले यस घटनामा जनप्रतिनिधि वा कर्मचारीको मिलोमतो हुनसक्ने आशंका सरोकारवालाहरूले गरेका छन्। यसैबीच, पालिकाले जेठ २१ गते नै सूचना जारी गर्दै असार १ गतेदेखि २०८३ भदौ मसान्त सम्मका लागि नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा पूर्ण रोक लगाइसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार