मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

पर्यटकको पर्खाइमा नदैगुफा

Ujyalosandeshonline 11467+ समाचार ( )
९ कार्तिक २०८२, आइतबार

जुम्ला । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो ।  

गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ । 

यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावतले बताउनुभयो ।  

नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सर्शत अनुदानबाट रु ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ ।  

नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्वतयारीका साथ लागेर उक्तगुफालाई विकास गरिने उहाँको भनाइ छ ।   

पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला–९ का आमकला थापाले बताउनुभयो ।   

नदैगुफा क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण नदैगुफा पर्यटकको रोजाइमा पर्न सकेको छैन । यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके उक्त गुफा जिल्लाकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने यहाँका स्थानीयवासीको भनाइ छ । नदैगुफालाई थप पहिचान गर्न होर्डिङ बोर्ड, नक्सा निर्माणको काम यस वर्षदेखि गरिने वडा कार्यालयले जनाएको छ । उक्त वडाका पाँच गाउँमध्ये माथिल्लो खोप्री र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल जोडिएको छैन ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार