मुख्य समाचार
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय |

लुम्विनी प्रदेशका सभामुखद्धारा तोरन्ल र होली पर्वको शुभकामना व्यक्त

Ujyalosandeshonline 12432+ समाचार ( )
११ चैत्र २०८०, आइतबार

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थकाली समुदायको सांस्कृतिक पर्व तोरन्ल र होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

असत्यमाथि सत्यको जीतको भएको खुसीयालीमा धार्मिक मान्यताका साथ परापुर्व कालदेखि मनाउंदै आएको होली पर्व आज पहाडी जिल्ला र भोली तराईका जिल्लाहरुमा मनाईदैछ ।

आदीवासी जनजाति थकाली समुदायले शुक्रवारदेखि शुरु गरेको यो पर्व चैत्र १३ गते सम्म पितृ पुजा भूमि पुजा परम्परागत तारा खेल खेलेर यो पर्व मनाउदै छ ।

सभामुख घर्ती मगरले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक साथै भौगोलिक विशेषतायुक्त मुलुक भएको पर्वको आफ्नै महत्व रहेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

“नेपालका  प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका यी चाडपर्वहरुले उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न भूमिका खेल्दै आएका छन् । ” उहांले सन्देशमा उल्लेख गर्नु भएको छ–“हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संमृद्ध र सबल बनाउन सकिन्छ ।”

उहांले राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता राष्ट्रिय एकता कायम गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त  गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार